काठमाडौं । युवतीलाई होटलमा लगेर हत्या गर्ने युवक भारतमा पक्राउ परेका छन् । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेर फरार भएका ति युवकलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो । रिायाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिए लगत्तै गेष्ट हासउका कर्मचारी र संचालकले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध मशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेर फरार भएका थिए । राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेर राती नै हत्या गरेर फरार रहेको प्रहरीले यसअघि नै जनाएको थियो । इताजाबाट

तपाईको प्रतिक्रिया