१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागूऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो । प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ । उनीहरू माथि कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]