१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

म्याग्दी – मानापाथी (टुक्चे पिक) हिमालबाट शनिबार बिहान ३ बजे छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचनका १५ चौरी मरेका छन् । सुशीला र अर्का किसान नरप्रसाद गौचनका गरी अन्य १० चौंरी हराएका छन् ।

मानापाथी हिमालबाट झरेको हिमपहिरो र चौरीगोठ रहेको छिप्लुङ खर्क क्षेत्र । तस्बिर : समिरसिंह विष्ट
हिउँदमा तल नाउरीकोट र बोक्सीखोला क्षेत्र झारिएका चौंरीलाई फागुन दोस्रो साता मात्र माथि चरन खर्कतर्फ लगिएको थियो । मानापाथी हिमालमुनिका सरे, ह्याङ्लिङ, छिप्लिङ, पड्के, हेपिम र हुम्लुङ चरन खर्कमा बारम्बार हिमपहिरो खस्ने गरेको छ ।

मुलीखर्क र ह्याङ्लीङ चरन खर्कको बीचमा ठूलो मानापाथी ग्लेसियर बग्दै तल डिलमा झुन्डिएको अवस्थामा छ । बस्ती नजिकको चरन खर्क भएकाले चौरीसँग गोठ र गोठाला थिएनन् । एकदुई दिनमा गोठाला जाने, चौंरी बटुलेर तल खर्कमा छाड्ने र घर फर्कने गरिन्थ्यो ।

यसअघि कात्तिक तेस्रो साता पनि मानापाथी हिमालबाट झरेको हिमपहिरोपछि कोवाङस्थित अमरसिं माध्यमिक विद्यालयका विद्यार्थी भागदौड गर्दा ९ जना शिक्षक/विद्यार्थी घाइते भएका थिए । सोही हिमपहिरोमा परी नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका गरी २१ याक/नाक मरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]