इलाका प्रहरी कार्यालय धरानले विभिन्न समयमा चोरी भएका दर्जन बढी मोबाइलहरू मोबाइल धनीलाई फिर्ता गरेको छ । मोबाइलको आइएमइआई नम्बरमार्फत् इप्रका धरानले विभिन्न मितिमा पक्राउ गरेपछि सम्बन्धित धनीलाई बोलाएर बुधबार फिर्ता गरेको हो । मोबाइल फिर्ता पाएपछि उनीहरू खुसी हुँदै भने, ‘मोबाइल पाउछौं भन्ने लागेको थिएन् । भेटियो खुसी लाग्यो । उनीहरूले मोबाइल हराएपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । ‘हाम्रो सामान भेट्छौं जस्तो लागेको थिएन । मोबाइल फिर्ता पाउने मध्येकी रेखा राईले सुनाइन्, ‘आशै मरिसकेको थियो त्यै पनि निवेदन दिउँ न त भनेर दिएका थियौं ।
सोही निवेदनको आधारमा पक्राउ गर्न सफल भएको इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले बताए । उनले आइएमईआई नम्बरमार्फत् नै चोरीका मोबाइलहरू पक्राउ गर्न सफल बनेको बताए । ‘नयाँ टेक्नोलोजी आइसकेको छ । कसैको समाना दिँदा राम्रो हुन्छ । लुकाउने चेष्टा गर्छ भने प्रहरीले ढिलोचाडो पक्राउ गर्छ । उनले भने । उनका अनुसार प्रविधिका कारण अव कसैले पनि चोरीको मोबाइल लुकाउन सक्ने अवस्था नभएकाले बुझेर फिर्ता गर्नु नै बुद्धिमानी हुन्छ । नत्र कुनै न कुनै बेला प्रहरीले पक्राउ गर्न सक्ने उनले बताए ।


प्रहरीले धरानका दिलु बान्तवा, खगेन्द्र तामाङ, रेखा लिम्बू राई, आशा राई, रत्न रिमाललगायतको मोबाइल फिर्ता गरेको हो । त्यस्तै एक जर्मन नागरिकको मोबाइलसमेत जर्मन नै पठाउने तयारी भएको डिएसपी पौडेलले बताए । चोरीमा संलग्न विभिन्न जिल्लाका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीसमेत अघि बढाएको छ । मोबाइल चोरीमै संलग्नको आरोपमा प्रहरीले ललितपुर हात्तिवन–७ का निक्सन साह, उदयपुर पुरनदह–३ का बिशाल कार्की, मोरङ ढंग्राहा–६ का अनुप ऋषिदेव, धरान–११ का सुविन राई, बिकल राई, धरान–१७ का आसन मग्राती र धनकुटा पाख्रिबास–५ का कुमार कटुवाल पक्राउ परेका छन् ।
तस्विर ः ब्लाष्ट÷भोजराज श्रेष्ठ

तपाईको प्रतिक्रिया