भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनै लाग्दा हत्याको षड्यन्त्र रचेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । मोहम्मद रफीकलाई तामिलनाडु प्रहरीले मंगलबार पक्राउ गरेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको र उक्त रेकर्डिङमा रफीकले आफ्नो योजना सुनाउँदै प्रकाशसँगप्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय लिएको कुरा सुन्न सकिन्छ ।

मैले नै कोयम्बटूर भ्रमणमा रहेका बेला भाजपाका नेता लालकृष्ण आडवाणीलाई लक्षित गरेर बम विस्फोट गराएको थिएँ, उनले भनेका छन् ।

मोहम्मद रफीक सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका ब्यक्ति हुन् । उक्त बम विस्फोटमा ५८ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया