काठमाडौँ। आन्दोलनको नाममा गाडी नचलाउने यातायातको तत्कालै रुट परमिट खारेज गरिने भएको छ । आन्दोलनलाई समर्थन गरेर गाडी नचलाए यातायात व्यवस्था विभागले तत्काल गाडीको रुट खारेज गर्ने भएको हो ।

‘सबै यातायात कार्यालयहरूलाई प्रत्येक रुटहरूमा गाडी चले नचलेको टिपोट गरेर विभागमा बुझाउन निर्देशन दिएको छौ’। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने ‘गाडी नचलाउनेहरुको लिस्ट आइपुगेपछि हामी तत्कालै परमिट खारेज गर्छौ’ ।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित बनेका हुन्।

यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया