१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

सप्तरी – अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन भएको छ । २२ वर्षीय गायिकाको निधनको खबर सामाजिक सञ्जालमार्फत उनका बुबा म्याथ्यु स्कोफिल्डले सार्वजनिक गरेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । ‘यो साता डिप्रेसन, आघात, पिटिएसडी, लागु पदार्थको​ लतविरुद्ध छोरीको लडाई हारे’ स्कोफिल्डले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘उनी मेरो हिरो, छोरी र सबैभन्दा मिल्ने साथी थिइन् ।’ स्कोफिल्डले आफुलाई वीपको बुबा हुनुमा गर्व भएको बताउँदै आफुले उनलाई धेरै माया गर्ने समेत बताएका छन् ।

गायिकाको निधनको खबरले उनको फ्यानमा पीडा पुगेको छ । फ्यानले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिरहेका छन् । गायिका वीपको असली नाम विनोना ब्रुक्स हो । उनले २०१५ मा साउन्ड क्लाउडमा आफ्नो संगीत शेयर गर्न थालेकी थिइन् ।

उनले हालै इन्स्टाग्राममार्फत आफुले बच्चा गुमाएको एक वर्ष पुरा भएकोमा दुःख व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]