२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

सप्तरी – अमेरिकी सहायता परियोजना एमसीसीमा समर्थन गरेपछि माओवादी केन्द्र छाड्ने क्रम बढेको छ।

बुधबार मात्रै मधेश प्रदेशका ५ नेताले पार्टीको साधारण सदस्य नरहने गरी बाहिरिएको घोषणा गरेका छन्।

माओवादीका महोत्तरी संयोजक र प्रदेश कमिटी सदस्यसहित पाँच नेताले माओवादी छाडेका हुन्।

एमसीसीको विरोधमा रहेका मधेश प्रदेश कमिटी सदस्य एवम् महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगाना, मधेश प्रदेश कमिटी सदस्य एवम् बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष राजन प्रसाद ढुंगाना, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले माओवादी परित्याग गरेका हुन्।

सुरुमा एमसीसी कडा विरोधमा रहेको माओवादी गठबन्धन जोगाउने नाममा सदनबाट एमसीसी गराउने पक्षमा उभिएको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ व्याख्यात्मक घोषणाले एमसीसीका विवादित प्रावधान संशोधन भएको बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]