१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

काठमाडौं – रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो ।

३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए । इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता लीले ‘द लायन किङ’ र ‘द हबिट’जस्ता चर्चित युक्रेनी संस्करणका फिल्ममा अभिनय गर्नुका साथै आवाज दिएका थिए ।

पाभ्लो ली नामले फिल्ममा चर्चित उनको जन्म सन् १९८८ मा क्रिमियामा भएको थियो । उनले हालै त्यहाँको डोम टीभीमा एक कार्यक्रम सञ्चालन गर्न सुरु गरेका थिए । उक्त टीभी च्यानलले सन् २०१४ देखि रुसी पृथकतावादीहरुले कब्जा गरेको युक्रेनका पूर्वी क्षेत्रका दर्शकलाई लक्षित गर्दै प्रसारण आरम्भ गरेको थियो ।

च्यानलकी प्रमुख युलिया ओस्ट्रोभ्स्काले दिवंगत अभिनेता तथा प्रस्तोता ली रमाइलो स्वभावका व्यक्ति भएको बताएकी छन् । उनले टीभी ट्यालेन्ट शो स्टार फ्याक्ट्री र एक्स-फ्याक्टरसहित २०१६ मा रिलिज भएको सेल्फीपार्टीसहितका फिल्ममा अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]