इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि बुधबार एक समूहले दुर्व्यवहार गरेको छ । इटहरी वडा नं. ५ का बासीन्दाको एक समुहले मेयर चौधरीलाई दुर्व्यवहार गरेका हुन । उपमहानगरपालिकाले फागुन महिनामा खेती खोलाको सैनिक मुख्यालयदेखि पाँच सय मिटर दक्षिणसम्म खोला सफाई गर्ने योजना अनुसार, भौतिक संरचना भत्काएको थियो । ती भत्काएका भौतिक संरचना पुर्न निर्माण गरि दिनु पर्ने माग राखेर पुगेको टोलीले मेयर चौधरीलाई दुव्र्यवहार गरेको हो ।

छलफल सुरु भए पछि मेयर चौधरी दिउँसो ३ बजे फेरी वस्ने भन्दैै वाहिरिए पछि उनीहरु पछि पछि गएर दुब्र्यवहार गरेको मेयर चौधरीले वताए । साँस्कृतिक भवनसम्म उनीहरु आएर कार्यलय हिड्नुहोस भन्दै मेयरलाई धकेलेको प्रत्यक्षदर्शी इटहरी १९ का सामाजिक अगुवा सोम निरौलाले वताए । यता बुधवार नै कार्यपालिकाको बैठक बसी घट्नाको भत्सर्ना गदै दोसीलाई कार्वार्ही गरीने भएको छ ।


पूर्णकृष्ण श्रेष्ठ र सन्तोष अधिकारी बढी आक्रोसित भएर प्रस्तुत भएको मेयर चौधरीले वताए । चौधरीले कसैले उक्साएर आफूमाथि दुव्र्यवहार गरेको बताए । यता पूर्णकृष्ण श्रेष्ठले भने कसैले नउक्साई समस्या समाधानका लागि पहल गर्न गएको जिकिर गरे । ‘प्रस्ट नीति बनाएर काम गर्नुपथ्यो, बिना योजना संरचना भत्काइएको छ, अनि नक्सा पास गरेको उनीहरुको भनाई थियो ।

तपाईको प्रतिक्रिया