इटहरी/पल इन्टरटेनमेन्ट र इटहरी लेडी जेसीजको संयुृक्त आयोजनामा इटहरीमा मिस सुनसरी प्रतियोगिता हुने भएको छ । बैशाख २७ गते देखि जेष्ठ १० गते फारम वितरण गरी जेष्ठ १५ बाट अडिसन सुरु हुने इन्टरटेनमेन्टका अमित पौडेलले जनाए ।

१६ बर्षदेखि २७ बर्ष उमेर समुहका अविवाहित किशोरीहरुले भाग लिन सक्ने इटहरी लेडी जेसीजकी अध्यक्ष मिनु न्यौपानेले बताईन् । मिस सुनसरी विजेताले स्कुटर, १० क्यारेटको चाँदीको क्राउन, अन्तराष्ट्रिय मोडलिङ कॉन्ट्रैक्टलगायत पाउँने छन । यसैगरी फष्ट रनर अपले एकलाख नगद पुरस्कार ७ क्यारेटको चाँदीको क्राउन, राष्ट्रिय मोडलिङ कॉन्ट्रैक्ट पाउँने छन भने सेकेण्ड रनर अपले ५० हजार नगद, पाँच क्यारेट चाँदीको क्राउन, मोडलिङ कॉन्ट्रैक्ट आदि पाउने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया