पानवारी । सरकारले यातायात व्यवस्थापनका लागि ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ का केही प्रावधानहरुले यातायात मजदुरहरुको रोजगार नै धरापनमा परेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघले आइतबर यातायात व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाउदै निर्देशिकामा भएका केही बुदाहरु सच्याउन माग गरेको छ । विशेष गरी यातायात क्षेत्रमा स्वरोजगार मजदुरका रुपमा कार्यरतहरुलाई निर्देशिकाले बिमा सम्बन्धिी नीति, ऋण प्रकृया र रुट परमिट जारी सम्बन्धि प्रावधानहरु झण्झटिलो र व्यवहारिक नभएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । उनीहरुले यातायात क्षेत्रमा ४० प्रतिशत भन्दा बढी आफै मजदुर आफै मालिक रहेको भन्दै स्वरोजगार मजदुरहरुको रोजगारी गुम्ने र मजदुरहरु विदेश पलागयन हुनुपर्ने अवस्था आउने भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रीय अध्यक्ष सोमबहादुर तामाङले कार्यविधि निर्देशिका अनुसार हाल संघ समितिहरुमा कार्यरत बुकिङ, चेकिङ कर्मचारीलाई स्वतः कम्पनीमा नियुक्त हुने व्यवस्थ ागर्न माग गरेका छन् । तामाङले भने मजदुर कर्मचारीहरु चालक, परिचालक, कण्डक्टर, लगायत यातायत मजदुरलाई स्वतः कम्पनीमा नियुक्त हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघले यातायात व्यवस्था कार्यालयलाई बुझाएको ज्ञापन पत्रमा दुर्घटना पछिको समपूर्ण दायित्व बिमा कम्पनी र राज्यको तर्फबाट निर्वाह गर्ने व्यवस्था मिलाउन समते माग गरेको छ ।

तपाईको प्रतिक्रिया