इटहरी उपमहानगरपालिका स्थित ८ नम्बर वडाका स्थानियहरु साँढे आतंकबाट त्रसित बनेका छन । एक हप्तादेखि यस क्षेत्रमा देखिएको साँढेले सर्वसाधरणलाई आक्रमण गर्न थालेपछि ८ नंम्बर वडाको फुलबारी र गैसार टोल त्रसित बनेका हुन । साँढेको आक्रमणबाट अहिलेसम्म एकजना महिलाले ज्यान गुमाइसकेकी छिन भने अाधा दर्जन बढी स्थानियहरु घाइते भएका छन । दिन र रातमा घर आसापास देखिने साँढेले आक्रमण गर्दा स्थानिय ४१ बर्षिय सिताकुमारी आड्गबुहाङको ज्यान गएको गएको हो । उनलाई घर नजिकको मकै बारीमा आक्रमण गरि गम्भीर घाइते भएकी थिइन । उनको ढाँड बाचिएको र उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै साँढेको आक्रमणबाट एक जना महिलापनि गम्भीर घाइते छिन । मान्छेको चहलपहल बढी हुने ठाँउमै आएर साँढेले खेदाई खेदाई आक्रमण गर्ने गरेको स्थानियहरु बताउछन । साँढेको आतंक टोलमा बढेपछि स्थानियहरुले उपमहानगरपालिका र प्रहरीलाई जानकारी गराएपनि साँढेलाई भगाउने काममा चासो नदेखाएको स्थानियहरुको गुनासो छ । टोल समितिबाट वडा अध्यक्ष र उपमहानगरलाई लिखित गुनासो राखेपनि केही पहल नभएको उनिहरुको भनाई छ । साँढेले जथाभाबी आक्रमण गर्न थालेपछि स्थानियहरु घरभित्र बस्न बाध्य भएका छन । बालबालिकाहरु बिद्यालय आउजाउ गर्नलाई असहज भएको स्थानियहरुको गुनासो छ ।

साँढले ८ नंम्बर वडामा आतंक मञ्चाएपछि साँढेलाई यस क्षेत्रबाट अन्य सुरक्षित स्थानमा लानलाई पहल भइरहेको वडा अ ध्यक्ष रोहित चौधरीले बताए । स्थानिय जनप्रतिनिधिको नाताले मृतक परिवारलाई क्षतिपुर्ती र घाइतेको उपचारको लागि छलफल भइरहेको उनले बताए । चौधरीले दुईदिन भित्र साँढेलाई सुरक्षित स्थानमा लाने जानकारी दिए । साँढेको आतंक तत्काल नरोकिए इटहरी उपमहानगरपालिका बिरुद्ध आन्दोलन गर्ने समेत स्थानियहरुले चेतावनी दिएका छन ।

तपाईको प्रतिक्रिया