मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला, मोरङमा रहेको निर्मल सिद्धार्थ अंग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीको नेतृत्व चयनका लागि आज (मंगलबार) प्रजातन्त्रिक निर्वाचन प्रणालीको प्रयोग गरि विद्यालयका विभिन्न पदहरुका लागि निर्वान सम्पन्न गराएको छ ।

जस अन्तर्गत स्कुल क्याप्टेनमा सागर अधिकारीले अन्य ३ प्रतिसपधीलाई पछी पार्दै स्कुल क्याप्टेन बन्न सफल भए भने सृष्टि सुनुवारले आफ्ना अन्य दुई प्रतिशपर्धीलाई पछी पार्दै भाइस क्याप्टेन बन्न सफल भइन् । त्यस्तै लोटस, मेरी गोल्ड, लिलि र रोजमा क्याप्टेन र भाइस क्याप्टेनमा क्रमशः युनिका खड्का ,अञ्जली राई ,दिनेश बस्नेत, प्रसिना लावती , रुपेश खड्का , सुमिना बोहोरा, युनिसा दाहाल, निकेश श्रेष्ठ विजयी बने । जम्मा १९७ जना विद्यार्थीहरुले आफ्नो विद्यालयको नेतृत्व चयन गर्ने कार्यमा सहभागी भई आफैले मतदान गरि प्रतिनधी छनोेट गरेको विद्यालयका शिक्षक तथा निर्वाचन अधिकृत लिङ्कन शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया