राष्ट्रिय जनता पार्टी नेपालका सचिव तेञ्जि लामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बिरोध गर्नुको कुनै तुक नभएको बताउनुभएको छ। पूर्वी खबरका प्रवन्धक/सम्पादक त्रिलोचन पौड्यालसँगको टेलिफोन वार्तामा लामाले त्यसो भन्नुभएको हो।

लामाले ०७२ सालमा भारतले नाकाबन्दी गरेको नभएर नेपाली उत्पिडित जनताको प्रतिनिधित्व गर्दै आफुहरुले नाकाबन्दी गरेको भन्दै सामाजिक सञ्जालमा मोदीले माफी माग्नुपर्ने भन्नु खोलामा गित गाए सरह हुने बताउनुभयो। सचिव लामाले सामाजिक सञ्जालतिर भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणलाई अतिरञ्जित बनाउन खोक्रोराष्ट्रवादीहरु लागीपरेको भन्दै बेतुकको गित नगाउन आग्रह गर्नुभयो।

लामाले माफीनै माग्नुपर्ने भए आँफुसँग आउन चुनौती दिँदै भन्नुभयो कस कससँग माफी माग्नुपर्ने हो आउनुहोस म माफि माग्छु। लामाले सामाजिक सञ्जालमा दुईदेश बीचको भाईचारा सम्बन्ध खलबल्याउन सकृय जमातलाई सिनोको वरीपरी घुम्ने हरियो झिंगाको संज्ञा दिँदै खोक्रो राष्ट्रवाद नदेखाउन चुनौती दिनुभयो।

तपाईको प्रतिक्रिया