काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि हटाउने भएका छन् ।यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो । सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् । अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङ बताउँछन्

तपाईको प्रतिक्रिया