इटहरी । गत दुई साता अघि एक ट्रिपरले ठक्कर दिएपछि आधा रेलिङ भत्किएर अलपत्र अवस्थामा रहेको पुर्वपश्चिम राजमार्ग अन्तरगत इटहरीको टेंग्रा पुल पुन निर्माण नहुँदा सवारी दुर्घटनाको सम्भावना संगै जोखिम पनि बढेको छ । सम्बन्धित निकाय सडक बिभाग र इटहरी उपमहानगरपालिकाले भत्किएको पुलको रेलिङ मर्मतमा कुनै चासो नराख्दा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य बनेका छन ।

गत दुई साता अघि एक ट्रिपरले ठक्कर दिदा टेंग्र पुलको आधा रेलिङ भत्किएको छ । भत्किएका पुको रडहरू समेत त्यतिकै छोडिदा जोखिम बढेको हो । पुलको आधा भाग भत्किएपछि दैनिक गुडने सवारीसाधनहरू मार्कामा पर्ने गरेका छन । एक त खाल्डा खुल्डि सडक समयमै मर्मत नहुनु र त्यसमा पनि जोखिममा रहेको पुल समेत भत्किनुले सवारीसाधनहरू आवत जावतमा समस्या हुने गरेको हो ।

पुल निर्माणको ५० बर्ष पुरा भइसकेको र पटक पटक सडक बिभागले पनि खतराको संकेत दिइरहदा सरकार पक्षबाट पुन निर्माणका लागि पर्याप्त बजेट बिनियोजन नभएपछि इटहरीको टेंग्रा पुल झनै जोखिममा परेको छ । बिशेष गरी बर्खाको समयमा धरासयी बनिने टेंग्रा पुलको आधा रेलिङ भत्किएपछि सवारी दुर्घटनाको उच्च जोखिम त छदैछ त्यसमा पनि पैदल यात्रीहरू प्रत्यक्ष मार्कामा परिरहेका देखिएको छ ।

पुलको आसपास रहेका खाल्डा खुल्डिले सवारी आवत जावतलाई कठिनाइ बनाइरहेको बेला आधा भाग भत्किनुले दुर्घटनाको उच्च जोखिम बढाएको छ । एक त साघुरीएको पुल त्यसमा पनि रेलिङको आधा भाग भत्किनुले दुर्घटनाको जोखिम बढाएको स्थानीय पैदल यात्रिहरू बताउछन ।

आयु सकिसकेको पुललाई नयाँ डिजाइनमा मर्मत गर्नकालागि सडक बिभागको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सरकार समक्ष पटक पटक ताकेता गर्दै आएको थियो तर सरकारले यस बिषयमा कुनै चासो नराखेपछि सुनसरी मोरङका अधिकांस पुलहरू अहिले उच्च जोखिममा परेका छन । यता यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसंग सम्पर्क गर्दा उनले पुलको मर्मतका लागि सडक बिभागसंग कुरा भइरहेको बताए ।

यता यहि बिषयमा सडक बिभागको भने बेग्लै धारणा रहेको छ । स्थानीय निर्वाचन पछि गठन भएको क्षेत्रको स्थानीय सरकारले नै आफ्नो क्षेत्रको बिकास र्निमाणको सम्पुर्ण जिम्मा लिनुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया