विराटनगर । विराटनगर–१ स्थित नहर चोकबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । सवारी साधन चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर ४ का २९ वर्षीय विशाल सुवेदीलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले सुवेदीले चलाएको को १४ प ४८४३ नम्बरको मोटरसाइकलको सिटमुनीबाट लागूऔषध बरामद गरिएको बताए ।

सुवेदीको साथबाट तीन बोतल डाइजेल्याब डिसी बरामद भएको छ । सुवेदीविरुद्ध लागूऔषध मुद्धा चलाउन प्रहरीले बिहीबार म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया