आईतबार मध्य राति आगलागी हुदा इटहरी करीब ३ करोडको क्षति भएको छ। राति साढे १२ बजे इटहरी ६ मा रहेको दुई वटा कपडा पसल जलेर नष्ट हुदा करीब ३ करोड बराबरको क्षति भएको हो।

इटहरी ६ स्थित रामप्रसाद काफ्लेको घरमा रहेको इटहरी बस्ने मगदराज श्रेष्ठ र समुन्द्र राईले संचालन गरेको कपडाको होलसेल पसलबाट भित्रबाट आगो सल्किन गई आगलागी भएको थियो। आगलागीको एकीन कारण खुल्न नसके पनि रातको समयमा पसलहरुको सटर बन्द रहेको र आगो भित्रबाट सुरु भएकोले विद्धुत शर्ट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजन कार्कीले बताए।

आगो नियन्त्रणको लागी इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी, इटहरी उपमहानगरपालिका, इनरुवा न.पा., मोरंगको सुन्दरहरैचा न.पा. र धरान न.पा.को गारी ५ वटा दमकल र स्थानीय बासीको सहयोगमा राती करीब २ बजे आगो नियन्त्रणमा आएको थियो मानविय क्षति भएन कार्कीले भने।

तपाईको प्रतिक्रिया