जेठ १८ गतेदेखि रिलिज हुन लागेको चलचित्र ‘बेबी आइ लभ यू’को फिमेल स्याड भर्सन ‘सायद तेरो मेरो’ सार्वजनिक भएको छ । पि्रयंका शर्माले आवाज भरेको गीतमा सन्तोष खड्गीको संगीत छ । चलचित्रकी मुख्य नायिका पूजा तिवारी यो गीतमा फिचरिङ गरिएको छ ।

जनक पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रलाई ्शिव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।

चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ । सुरज आचार्यले खिचेको चलचित्रलाई लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया