०५ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

सप्तरी – लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको बुस्टर खोप लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् । जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो ।

पहिलो खोप ९४ दशमलव ३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो मात्र खोप ९० दशमलव ७५ प्रतिशतले लगाएका छन् ।

कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ वर्षसम्मका १६ हजार ९ सय ४६ जनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यायले जनाएको छ । जिल्लामा शुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रूपमा खोप दिइँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनुभयो ।

उहाँका अनुसार कोरोनाको तेस्रो लहर फैलिएसँगै शुरुआती अवस्थामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कर्मचारीलगायतलाई बुस्टर डोज दिइएको थियो । पछिल्लो समय दोस्रो मात्र खोप लगाएको ६ महिना पूरा भएका सबैलाई बुस्टर डोज दिइएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]