बेसीशहर । लमजुङमा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँचीका बिरुवाको मूल्य निर्धारण गरेको हो ।

महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको अध्यक्ष अजय तामाङले जानकारी दिए ।

पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच कायम गरेको छ भने ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको महासंघ शाखाले जनाएको छ ।

जिल्लामा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया