काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेर घाईते भएका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।

बा ८० प ९९९८ नम्बरको उनले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको हो । परियारकोे ग्रांडी अस्पतालमा उपचार भैरहेको छ । उनको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया