इटहरी । नेपाली काँग्रेसको भातृ युवा दस्ता तरुणदल सुनसरीका सभापति तथा काँग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेपछि विना शर्त रिहाइको माग गर्दै नेपाली कांग्रेसले इटहरीमा चक्काजाम गरेको छ ।

एक नम्बर प्रदेका बिपक्षी दलका नेता राजिव कोईरालाको अगुवाईमा भइरहेको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा धरान विराटनगर सडक करिब एक घण्टा अवरूद्ध भएकाे थियाे । आन्दोलनमा प्रमुख सचेतक केदार कार्की, सांसदहरु चन्द्रप्रसाद श्रेष्ठ लगायत सहभागी छन् । विनाकारण तरुण दलका सभापति सिजन गुरुङलाई पक्रउ गरेको भन्दै त्यसको बिरोधमा काँग्रेसले सडकमा प्रदर्शन गरेको हो।

कांग्रेसले  विहानै निकालेकाे र्याली पश्चात गरेकाे काेण सभालार्इ कांग्रेस नेताहरू विकास केसी, मणि श्रेष्ठ, विजय कटवाल लगायतले बाेलेका थिए ।

तपाईको प्रतिक्रिया