इटहरी । सुनसरीको इटहरीमा नेपालमै पहिलो पटक रात्रीकालीन साँसद कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।  जिल्ला खेलकुद विकास समिति सुनसरीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको संरक्षणमा आगामी जेष्ठ १७ गते रात्रीकालीन भलिवल प्रतियोगिता सञ्चालन हुने इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा रात्रीकालिन भलिवल प्रतियोगिताको लागि फ्लट लाइट जडान गरिसकेको खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । जेष्ठ १७ गते देखि सुरु हुने खेल जेष्ठ २० गते समापन हुने सो अवसरमा जानकारी गराईयो । इटहरी रंगशालामा आयोजना हुने प्रतियोगिता साझँ ६बजेबाट सञ्चालन गरिने छ ।

पहिलो पटक सञ्चालन हुन लागेको रात्रीकालिन भलिवल प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुई विभागीय टिम सहित प्रदेश नम्बर १, ३, ४ र ५ गरी कुल ६ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख नगद सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड प्राप्त गर्ने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सचिव लेखनाथ पराजूलीले बताए । प्रतियोगिताका सम्वन्धीत सुनसरी जिल्ला भलिवल संघका अध्यक्ष गोपाल श्रेष्ठले लगायतले संचारकर्मीहरुलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया