सुनसरीको इटहरीमा जनता टेलिभिजनले प्रादेसिक कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेस नम्वर १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमविच जनता टेलिभिजनको प्रादेसिक कार्यलय उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रमुख अतिथी मुख्यमन्त्री राईले आफु सञ्चारमन्त्री भएको समयमा जनस्तरबाट सञ्चालनमा ल्याउने गरी दर्ता प्रकृयामा आएको जनता टेलिभिजनले छोटो समयमै लोकप्रीयता हासिल गरेको भन्दै जनताकै टेलिभिजन वन्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले जनता टेलिभिजनले सशक्त सञ्चार माध्यमको रुपमा भुमिका खेल्ने समते विश्वास व्यक्त गर्नु भयो । यो टेलिभिजन संघिय गणन्त्र स्थापित भई सकेपछि संविधान वनि सकेपछि जनता देशको मालिक भई सकेपछि संविधानले व्यवस्था गरेका निती निमयको जगमा अडेर स्थापित भएकाले समेत सपलता त्यसैले संविधानको भावना वुझेको छ र यसले आफुलाई त्यही रुपमा उभ्याउन सफल भएकोछ । त्यहि गतिमा सफलता समेत पाउदै आएको मैले पाए मुख्यमन्त्रीले भन्नु भयो ।


टेलिभिजनका अध्यक्ष डा विजय पौडेलले जनताको दुख पिडालाईमा साथ दिदै जनताका आवाज वुलन्द गर्न स्थापित गरिएको टेलिभिजन १० महिनामै प्रदेस नम्वर १ कार्यालय खोल्न सफल भएको जानकारी दिनुभयो । उहाँले एक जनाको लगानी भएको प्रालि जस्तो नभएर पव्लिक लगानीमा स्थापित भएका कारण समेत जनस्तरलाई प्राथमिकतामा राखेर अघि वढी रहेको समेत जानकारी दिनु भयो ।
जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईले टेलिभिजनहरुको भिडमा प्रिथक र जनताको आवाज बोल्ने सञ्चार माध्यमका रुपमा जनता टेलिभिजन ल्याइएको वताउनुभयो । प्रत्येक घण्टा घण्टामा समाचार र विभिन्न जातजाति भाषामा समेत समाचारहरु प्रशासरण गरिने समेत अवगत गराउनु भयो । कार्यक्रममा प्रदेश सांसद र्सर्वध्वज साँवा , निलम बस्नेत लगायतले टेलिभिजनको सफलताको शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया