काठमाडाैँ। जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो । देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य भयो । शासन मात्र होइन, शासक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे ।

परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ । दलहरुको कार्यशैली फेरिनेछ ।उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ । तर मुलुक गणतन्त्र स्थापनाको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।, आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया