काठमाडौं । यस बर्षको मनसुन अलि छिटै सुरु हुने भएको छ । विगतका बर्षहरु भन्दा केही अगावै सुरु हुने भएको हो । जेठ अन्तिम साताबाट नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि नै मनसुन सुरु भएर भारतको मध्य भेगसम्म फैलिसकेकोले नेपालमा पनि छिट्टै आउने भएको हो ।

तपाईको प्रतिक्रिया