खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा आइतबार बिहान एक पुरुष मृत फेला परेका छन् ।
केही दिनदेखि घर छाडेर हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृत फेला परेका हुन् ।

शवसँगै रक्सीको बोतलसमेत फेला परेको स्थानीयले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

सार्कीको शव इँटा बोक्ने मजदुरले स्थानीय घडेरीमा फेला पारेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताए । अधिक मदिरा सेवनका कारण सार्कीको मृत्यु भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया