गाँजा खाने युवाहरु प्रहरी देखेर फरार भएका थिए भने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिई चौकीमा उधोमुन्टो पारी एक घण्टासम्म असई कटुवालले यातना दिएका थिए ।

उधोमुन्टो पार्दा भण्डारीको आखा र टाँउकोमा रगत जमेको छ भने शरिरभर निल डामको दाग प्रष्ट देख्न सकिन्छ ।

‘त पनि गाँजा खाने हैन भन्दै पिट्दैपिट्दै चौकी पुराइयो, भण्डारीले भने, चौकीमा पाईप र बुटले शरिरभर निलडाम हुने गरि पिटे । असई कटुवालले गाँजा किन खाएको कहाँदेखि ल्याएको भन्दै कुटपिट गरेको भण्डारी बताउछन ।

पछि खानतलासी गर्दा गाँजा काट्ने मेशिन र चिलिम भेटिएको भनि कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भण्डारीको भनाई छ । प्रहरीले उनलाई भोली पल्ट बिहान छाडेको थियो ।

यता कुटपिटमा संलग्न असई रमेश कटुवालले सामान्य सोधपुछ गर्दा कुटपिट गरेको स्विारेका छन । अबेगमा आएर यस्तो घटना भएको उनले बताए । कटुवालका अनुसार भण्डारीको साथबाट गाँजा काट्ने मेशिन र चिलिम बरामद गरेको दाबी गरे ।

तपाईको प्रतिक्रिया