आर्थिक वर्ष २०७५÷७६ को लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट बिनियोजन गरीएको छ ।

त्यससँगै सरकारले ‘विद्यालय ल्याऔ टिकाऔँ र सिकाऔँ’ भन्ने अभियान संचालन गर्ने योजना ल्याएकोछ । शैक्षिक क्षेत्रमा भइरहेको समस्या समाधान उन्मुख भएको धेरैको तर्क छ ।

तर सामुदायिक विद्यालयका शिक्षकहरु भने सार्वजनिक विद्यालयको हकमा बजेट झारा टार्ने भएको बताउँछन् । शिक्षक महासंघका केन्द्रिय सदस्य गोबिन्द मिश्रका अनुसार सरकारी विद्यालयलाई यो बजेटले उपेक्षा गरेकोछ ।

सरकारी विद्यालयमा बजेट कम भएको र जसका कारण भौतिक पुर्वाधार लगायत समयानुकुल शैक्षिक परीवर्तन गर्न नसकिने उनको भनाई छ । भौतिक पुर्वाधार पनि नदिने शिक्षकलाई दरबन्दी पनि नदिने तर अपेक्षा चाहिँ धेरै गर्ने सरकारको हलो अड्काएर गोरु कुट्ने नीति रहेको उनि बताउँछन् ।

त्यस्तै आदर्श मावि बराहक्षेत्रका प्रधानाध्यापक प्रल्हाद भट्टराई यो बजेटले नमुना विद्यालय बनाउने कार्यक्रम नल्याएको बताउँछन् । ‘अहिले अविभावकको सोचाई अंग्रेजी भाषा मा छोराछोरी पढाउने छ,’ उनी भन्छन्, ‘तर यो बजेटमा पुरानै ढर्राको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।’

पाठ्यक्रम समयमा आइनपुग्नु र शिक्षण समाग्रीको अभावमा शिक्षण शिकाइ क्रियाकलाप प्रभावित हुनु सार्वजनिक विद्यालयका समस्या हुन् । तर त्यसतर्फ सरकारको ध्यान नगएको उनको आरोपछ ।

सरकारी विद्यालयको अनुगमन नहुनुले पनि समस्या सृजना गरीरहेको भट्टराईको तर्क छ । उनि भन्छन्र्, अनुगमन भएन भने विद्यालयमा स्वेच्छाचारिता मौलाउँछ, जसले विद्यालयको गुणस्तर घटाइरहेको हुन्छ ।’

सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापकमा निराशा छाइरहँदा निजि विद्यालय सञ्चालकहरु भने हर्षित देखिन्छन् ।

निजी विद्यालयहरुको संगठन प्याब्सनका सुनसरी अध्यक्ष सुमित थापा शैक्षिक क्षेत्रमा लगाएको कर हटाएकोमा खुसी व्यक्त गर्छन् । ‘शिक्षा सेवा शुल्क हटाएर सरकारले राम्रो गर्यो,’ उनि भन्छन्, ‘अब निजि विद्यालयलाई बन्देज गरीएको ४५ प्रतिशतको आरक्षण कोटा सरकारले हटाउन जरुरी छ ।’

त्यस्तै सेक्रेट हार्ट इङ्गलीस बोर्डीङ्ग स्कुलका अध्यक्ष जिवाप्रसाद गुरागाई पनि बजेट सकारात्मक रहेको बताउँछन् । यो बजेटले अविभावक शिक्षक र विद्यार्थी सबैलाई प्रोत्साहन पुगेको उनको भनाइ छ र्। शैक्षिक कर हटाउनु ठुलो उपलब्धि हो,’ उनि भन्छन्र्, यो बजेटले गर्दा निजी विद्यालयमा लगानी गर्ने लगानीकर्ताहरु उत्साहित भएका छौँ ।’

तपाईको प्रतिक्रिया