विराटनगर । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेपाल प्रेस युनियन मोरङले माग गरेको छ ।  नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न दोषीको पक्राउ गरी अविलम्ब कारवाहीको माग गरेका हुन् ।

गिरीमाथि शनिबार आक्रमण भएको थियो ।  घरमै बसेको समयमा चार–पाँच जनाको समूहले आक्रमण गरेपछि गिरीको टाउकामा गम्भीर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया