काठमाण्डौ । दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ गीत सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको हो ।

‘तिम्ले बाटो फेरेउ अरे…’, ‘तिमीलाई मन पराउनु…’ जस्ता गीतबाट धेरैको मन जित्न सफल दर्पण राईको ‘यो मुटु दुख्छ किन…’ आएको हो । 



टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेमशर्मा पौडेलले सम्पादन गरेका हुन् । 

तपाईको प्रतिक्रिया