बिराटनगर: तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदमा अवरोध गरेको छ । कांग्रेसका सांसदहरुले सिजनलाई पक्राउ गरेको विरोधमा रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक केदार कार्कीले सिजनलाई बिनाकारण पक्राउ गरेर सरकारले ज्यादति गरेको आरोप लगाउँदै सरकारबाट स्पष्ट जबाफ नआउसम्म रोस्ट्रम घेराउ जारी राख्ने बताए । कांग्रेस सांसदको अवरोधपछि सभामुले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया