इटहरीमा आज (मंगलबार) देखि पाँच दिने साँस्कृतिक महोत्सव शुरु हुँदै छ । इटहरी उपमहानगरपालिकाको आयोजनामा हुन लागेको साँस्कृतिक महोत्सव दिउसो ११ बजे देखि  इटहरी उपमनगरपालिका कार्यालय अगाडीको रहेको बहुउद्देश्यिय सहकारी संस्थाको भवनमा शुरु हुने भएको हो ।

यो महोत्सव जेठ २२ गतेदेखि २६ गतेसम्म चल्नेछ । पाँच दिनसम्म चल्ने यस महोत्सवमा नृत्य कार्यशाला, संगित कार्यशाला, विचार गोष्ठी, प्रदेश १ स्तरिय नाट्य विमर्श हुने महोत्सवका संयोजक प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलले जानकारी दिए । महोत्सवमा नृत्य कार्यशाला नृत्य विज्ञ साँस्कृतिक संस्थान काठमाडौले सञ्चालन गर्नेछ ।

यस्तै काठमाडौकै संगीत विज्ञ साँस्कृतिक संस्थानले संगीत कार्यशाला सञ्चालन गर्नेछ । यसैगरी विचार गोष्ठीमा प्राज्ञ बुलु मुकारुङ, डा. राम्जी तिम्सिना, सत्यनारायण चौधरी, ध्यान किराँतीले कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रदेश १ स्तरीय नाट्य अभिनय विमर्शलाई प्राध्यापक डाक्टर अभि सुवेदीले सञ्चालन गर्नेछन् । कार्यक्रमको समापन अवसरमा उत्कृष्ठ चार कविलाई पुरस्कार दिइनेछ ।

यस्तै अपांगता भएर पनि साहित्य सृजनामा सक्रिय वियोग सापकोटालाई अभिनन्दनसमेत गरिने डा. पोख्रेलले जानकारी दिए ।  २६ गतेको समापन कार्यक्रम भने दुर्गा पार्टी प्यालेसमा हुनेछ ।

तपाईको प्रतिक्रिया