सुनसरी । धरानको मुनालपथबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । ७ सय १२ ग्राम सुनसहित मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकिङको क्रममा उनीहरुबाट ढिक्का तथा गहना बनाइएका सुनहरु बरामद गरिएको हो । उनीहरुले त्यो सुनको बिल देखाउन नसकेपछि तस्करीको सुन भएको खुलासा भएको हो ।


उनीहरुमाथि थप छानबिन र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको धरान प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य करिब ४० लाख रुपैयाँ हुन्छ । पक्राउ परेकाहरु सुन पसलका कर्मचारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया