काठमाण्डौ । मंगलवार भारतीय वायुसेनाको जगुआर एयरक्राफ्ट दुर्घटनाग्रस्त भएको छ । गुजरातको कच्छमा भएको दुर्घटनामा एयर कमाण्डर दर्जाका अधिकृत सञ्जय चौहानको मृत्यु भएको छ ।

भारतीय वायुसेनाका अनुसार जगुआर एयरक्राफ्टले बिहान १०ः३० बजे जमानगरबाट उडान भरेको थियो । एयरक्राफ्ट आफ्नो नियमित तालिममा थियो । दुर्घटनाका क्रममा जहाजका टुक्रा धेरै परसम्म पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया