१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

सप्तरी – मानव बेचबिखन तथा अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले जेल र जरिवाना सजाए तोकेका दम्पति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया बिभा पासवान छन्।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यसैगरी उनकी श्रीमती बिभालाई १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

फैसला भए पश्चात फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

दुबैलाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएको र कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]