पोखरा । पोखरा लेखनाथ महानगरपालिका १५ स्थित रामबजारमा बावुले आफ्नै छोराको क्रुरतापूर्वक हत्या गरेका छन् । ४० वर्षका रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन् ।

बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापनको घाँटी रेटेर हत्या गरेका थिए । छोरालाई मारेपछि उनले श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ।

गर्भवती सुमित्राको घाँटी रेटिएपछि उनको पेटमा रहेको बच्चा पनि मरेको छ । अस्पतालमा अप्रेशन गरेर मृत वच्चा निकालिएको छ । आमा सुमित्रा र उनका पति घलेको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनामा बाहिरी व्यक्तिको संलग्नता नभएको बताए । ‘सुमित्राले मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ,’ एसपी रानाले भने । सुमित्रा अहिले वेहोस छिन् । उनी होसमा आएपछि सवै कुरा खुल्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया