काठमाडौं । नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले संसदको बिहीबारको बैठकमा सरकारले नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्नेमा जोड  दिएक छन् ।

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै रिजालले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह समेत गरेका छन् ।

उनले संसदमा प्रतिपक्षले ठाउँ नपाउने र संविधानको कार्यान्वयनमा विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया