ईटहरी नगरपालिकाले सहमति नदिए संघर्ष गर्ने…संघर्षको क्रम्मा हिंसात्मक बिद्रोह भए राज्यले जिम्मेवारि लिनु पर्ने थारु अगुवाहरुको भनाई

ईटहरी,असार ३ । ईटहरी ८ टेंग्राटोली स्थित ऐलानि जग्गामा रहेको बिच्छु ग्रामथानलाई पुनः निर्माणकालागी स्थानिय, थारु अगुवा, तथा थारु महिला संगठनहरुले सनिवार छलफल गरेको छ । ग्रामथान संरक्षण समिति ईटहरीको अध्यक्ष झुमा चौधरीको अध्यक्षतामा बैठक बसी पुनः निर्माणकालागी कानुनि प्रकृया,स्थानिय तह,वडा कार्यालय संग सहमतीकालागी पहल गर्ने निर्णय गरेको हो ।

सहमतिकालागी नगरपालिका,जिल्ला अदालत,वडा कार्यलयमा पुनः लिखित सहित जाने र पहलगर्ने यसबाटपनि नभए संघर्ष समिति बनाएर बाध्यतामा आन्दोलन सम्म गर्नु पर्ने छलफलमा भएको छ । यस भन्दापहिले थान भत्काईदाको भोलीबाटै ग्रामथान संरक्षण समितिले लिखित मौखिकगरी क्षति मुचुल्का उठाईदिन नगरपालिका,वडा कार्यलयमा अनुरोधकालागी गएका थिए । तर कार्यलय प्रमुखबाटै सहमतिकालागी तिरसकारहुदा फेरी एकपटक पहलकालागी जाने तथापि भएन भने राष्ट्रियमुद्धा बनाई आन्दोलनमा जानुको बिकल्प बाहेक अरु कुनै बाटो नरहेको छलफलमा आएको छ ।

राज्यले कुनै समुदायको पहिचान मासेर भुमाफियालाई सहयोग गर्ने गणतन्त्रमा पनि पंरमपरावादि सत्ताकै निरन्तरताको यो पराकास्ट भएकोले यसको बिरुद्धमा उत्पिडन जनताको अधिकारकोलागी गरिने आन्दोलनमा हिंसात्मक बिद्रोह भए यसको जवाफ देहिता सामाजिक सद्धभाव भड्काउनेलेनै हुनुपर्ने सो छलफलमा सहभागी थारु अगुवा तेजनारायण चौधरीले चेतावनि दिदै सो कुरा बताए । चौधरी संघिय समाजवादि फोरम केन्द्रिय परिषदका सदस्य पनि हुन् । नेपालमा गणतन्त्र छ भने भत्ताएको ग्रामथानलाई पुन निर्माण हुनुपर्ने भुमिघरमा रहेको सामानको क्षतिपुर्ति उपलब्धगराउनु पर्ने कार्यहोस भन्दै यसमा स्थानिय तहले आनाकानी गरे आन्दोलन निम्तिने र यसबाट हुन सक्ने सम्भावित घटनाको जिम्मेवार यस्ता कुकृत्य गर्नेलेनै जिम्मेवार हुनुपर्ने थारु अगुवा चौधरीले बताएका छन् । छलफलमा सहभागी भएका सबैले यसमा सहमति जनाउदै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

छलफलमा थारु कनुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,थारु महिला सभा जिल्ला अध्यक्ष तथा नव निर्वाचित सभाकी केन्द्रिय सचिव सुसिला चौधरी,फोनिज सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी, थारु अगुवा तथा ससफोका केन्द्रिय सदस्य तेजनारायण चौधरी,सभा जिल्ला सचिव सुसिला लेखि लगायत थारु पत्रकार र स्थानियहरुको उपस्थिती रहेको थियो ।

ग्रामथान थारु समुदायको पहिचान

थारु समुदायले बषौ पहिले देखि धार्मिक आस्थाले पुजा अर्चना गर्दै आएको ग्रामथान भत्काई दिदा टेंग्राटोली टोलका थारुहरुले गर्ने महत्वपुर्ण बिधब्यवहार गर्न बाट बञ्चित भएका छन् । गाउँ घर बालबच्चाको सुख सान्ति,खेति रोपाई सम्पन्नकालागी समयमै बर्षाहोस मान्यता राख्दै थारुहरुले ग्रामथानमा प्रकृतिको पुजा गर्दै आएको छ । बर्षमा दुई पटक असारमा अखारी र मंसिरमा नेमानि पुजा गर्ने चलन रहेको छ । बिवाह गर्दा ग्रामथानमा बिध नगरी बिवाहनै सम्पन्न नहुने थारु समुदायमा पौराणिक संस्कार रहेको हुदा यो पहिचानको रुपमा रहेको छ । तर ग्रामथान मासिदा त्याहाका थारुहरुले असारमा मनाउने अखारी पुजा अनिश्चित बनेको छ भने बैवाहिक बिधब्यवहार गर्न भौतारिने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया