लमजुङ- लमजुङमा छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।पक्राउ पर्नेमाढाँडखर्कमा स्थायी बासोबास भएकी ३० वर्षीया सम्झना बिक रहेकी छन् । उनले १८ महिना पुगेकी छोरी मञ्जिला बिकलाई मार्ने नियतले घाँंटीमा सल बेरी घाइते बनाएको अवस्थामा आफन्तले देखेको प्रहरीले जनाएको छ ।

उनका अनुसार बालिकाको उपचारका लागि आफन्तजन तथा बालिकाकी आमा सम्झना बिक समेतले स्थानीय मेडिकल लगेका थिए । त्यहाँ ती बालिकाको उपचार हुन नसक्ने भन्दै काठमाडौं स्थित कान्तिबाल अस्पतालमा रिफर गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।मृतक बालिकाकी आमा सम्झना बिकलाई तत्काल महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा उपस्थित गराएको छ ।

साभार ओसनेपाल बाट

तपाईको प्रतिक्रिया