विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पताल पुनः एकपटक विवादित बनेको छ । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पताल विवादित बनेको हो ।

सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेताले शनिबार बिहान सकुशल शिशुलाई जन्म दिएकी थिइन् । उनको त्यहि दिन दिउँसो उपचारका क्रममा मृत्यु भएको थियो ।

उपचारमा लापरवाहि भएको भन्दै उनका आफन्त आक्रोशित भए । निर्मालाका श्रीमान् प्रेम खड्काले चिकित्सकले समयमा नै के भएको भन्ने जानकारी नदिँदा समस्या बढ्दै गएको र बिरामीको अवस्था सुधार हुन नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

धनकुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको पनि मेहेताको जस्तै घटना भएको थियो  । उनले पनि शुक्रबार छोरीलाई जन्म दिएकी थिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी खड्का अकस्मात अस्वस्थ्य भएको भन्दै चिकित्सकले इमर्जेन्सी अप्रेशन गर्न अप्रेशन थिएटरमा छिराएका थिए । तर इमर्जेन्सी अप्रेशन गर्न अप्रेशन थिएटरमा लगिएकी निर्मला मृत अवस्थामा निस्कीन् ।

यि दुई महिला जस्तै धेरै यसअघि पनि अस्पतालमा सुत्केरी गराउन आएका महिलाको अकालमा ज्यान गएको भन्दै पटक–पटक विवादमा आउने नोबेल अस्पतालले सामान्य राहत दिएर विवाद तत्कालका लागि साम्य बनाउने प्रयत्न गर्ने गरेको छ ।

सरकारको आमा सुरक्षासेवा सञ्चालन गर्ने कार्यक्रम प्राप्त गरेको नोबेल अस्पतालले उक्त सेवा आइतबारदेखि बन्द भएको जानकारी दिएको छ । सुत्केरीको मृत्यु भइरहँदा अस्पतालमा आन्दोलनको केन्द्र भएको भन्दै सञ्चालक सुनिल शर्माले आइबारदेखि गर्भवती महिलालाई भर्ना नलिने निर्णयमा पुगिसकेको बताए ।

त्यसतै मातृशिशु विभागमा कार्यरत चारजना चिकित्सकले मंगलबार प्राशासन समक्ष राजीनामा दिएका छन् । उनीहरुले सुत्केरी गराउन आएका महिलाको ज्यान गएको घटनाले आफूहरु असुरक्षित भएको भन्दै मंगलबारदेखि अस्पतालको सेवामा उपस्थित नहुने जानकारी दिएको प्रशासकीय अधिकृत दीपेश राईले बताए ।

तपाईको प्रतिक्रिया