दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ । जस्तैः
– लसुनमा पाइने प्रोटिनले शारिरिक सुगठनमा सहयोग पुर्याउँछ ।
– लसुनमा पाइने एन्टिब्याक्टेरियल तत्वले सास र मुखको दुर्गन्ध हटाउँछ ।
– लसुनमा पाइने सेलेनियमले पुरुषको प्रजनन क्षमतामा विकास गर्छ ।
– लसुनमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी हटाउँछ र शरिरलाई ऊर्जावान राख्न सहयोग पुर्याउँछ ।
– लसुनमा फाइबर्स हुन्छ जसले कब्जियतलगायत पेटको समस्यालाई टाढा राख्छ ।
– लसुनमा पाइने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र बनाउँछ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।
– लसुनमा क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउन बनाउँछ ।