राजविराज । सप्तरीको महदेवा –१ मा शुक्रबार बिहान आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ ।  स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठभित्र रहेको धान, गहुँ, नगद, भाँडाकुँडालगायतका सामान जल्दा सात लाख मूल्यबराबरको क्षति भएको हो ।स्थानीयवासी, प्रहरी र वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।

तपाईको प्रतिक्रिया