काठमाडौं । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाको जेलमा रहेका एक नेपालीको उद्धार गरिएको छ ।
काभ्रे सेवा समाज, मलेसियाले नमोवुद्ध–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर स्वदेश फर्काएको हो ।

अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा नआएका कारण उनी लामो समयदेखि जेलमा बस्न बाध्य थिए । समाजले तामाङको उद्धार गरेर घर फर्काइदिएको हो । समाजले विभिन्न कारणले मलेसियामा अलपत्र भएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया