१४ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

काठमाडौं – सिंहदरबार परिसरभित्र पुनः हेल्थ डेस्क सेवा सञ्चालनमा आएको छ । कोरोनाका कारण केहि समय रोकिएको हेल्थ डेस्क सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पतालले सिंहदरबार परिसरभित्र सञ्चालन गरेको हेल्थ डेस्क संचालनमा आएको हो।

समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नसा , नाक, कान, धाँटी, छाला, महिला रोगलगायत विषेशज्ञ चिकित्सकले सेवा दिने योजना रहेको सिंहदरबार हेल्थ डेस्क प्रमुख दिपक मुडभरीले बताए । यसअघि २०७४ साल फागुन १६ गते देखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिँदै आएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुननिर्माण प्राधिकरण रहेको भवनबाट सेवा सुरु भएको छ ।

डेस्कमा अक्सिजनसहित बेड राखिएको छ। स्वास्थ्य परीक्षणमा ब्लड प्रेसर, सुगर, ड्रेसिङलगायत जाँच गरिन्छ भने सुविधासम्पन्न ऐम्बुलेन्स पनि हुनेछ । स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधि समेत दिइनेछ । स्वास्थ्य अवस्था आवश्यक हेरेर सरकारी अस्पतालमा रेफर गरिन्छ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस् भन्ने उद्देश्यले हेल्थ डेक्स संचालनमा ल्याइएको हो।

हेल्थ डेस्कले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवाग्राहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]