नेपालगञ्ज । चिनीभित्र लुकाएर ल्याएको पाँच सय १० ट्याब्लेट लागूऔषध नाइट्रोजेपामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चिनीमा राखेर ल्याउँदै गरेको नाइट्रोजेपाम प्रहरीले नेपालगञ्जको वीपीचोकबाट बरामद गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतका राम थापामगर, कैलाश भट्टराई र प्रवीण विक  रहेका छन् । चिनीको बोरामा थोरै आँपसमेत राखेर त्यसभित्र नाइट्रोजेपाम ल्याइएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका युवाहरुले आफैले प्रयोग गर्नलाई नाइट्रोजेपाम ल्याएको स्वीकार गरेका प्रहरीले जनाएको छ । तीनैजनालाई जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया