१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

रौतहट – गोली हानेर हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा रौतहटमा मठ तथा सालिक निर्माण गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहको पहलमा पुजारीको हत्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो ।

आज एक कार्यक्रमकाबीच स्थायी कमिटी सदस्य साहले उद्घाटन गरेका थिए । सो कार्यक्रमा बोल्दै साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भ‌ए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ‌।

उनले समाजमा सकारात्मक उर्जा प्रदान गर्ने निर्दोष पुजारीको हत्या निकै निन्दनीय कार्य भएको भन्दै सो अपराध संलग्न सबैलाई कडा कारबाहीको माग गरे ।

पुजारीकै हत्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारी प्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

सो क्रममा पूर्व मन्त्री साहले सम्पदाहरु निर्माणमा स्वेच्छाले सक्रियता पूर्वक आर्थिक-भौतिक सहयोग गर्ने माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह, देवाहिगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, वड़ाध्यक्ष रामप्रवेश पटेल र अनिल झा, पुजारी साहका परिवारका सदस्यहरू लगायतलाई सम्मान तथा अभिनन्दन गरेका थिए । कार्यक्रममा सो स्थानमा लाग्ने नयाँ बजार र चौकको नाम खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गरिएको थियो ।

कार्यक्रम बोल्दै माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तामझामका साथमा सो स्थानमा हनुमानको मन्दिर बनाउने भनेर शिलान्यास गरेर पनि काम भने अगाडि नबढेको बताइन ।

उनले मुख्यमन्त्रीले शिलान्यासमै सिमित गरे पनि प्रभु साहको पहलमा आज विभिन्न संरचनाहरु बनाउन सम्भव भएको भन्दै सो स्थललाई धार्मिक, पर्यटकीय स्थल बनाउने आफुहरुको योजना रहेको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह इन्चार्ज उद्धव रेग्मी, कुन्दन कुशवाहा, मधेस प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह, , जिल्ला उपाध्यक्ष दिपक राय यादव, जिल्ला सचिव बाल बिक्रम कार्की, जिल्ला उप सचिव पलट चौधरी, रुपेश पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह लगायत ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

वि।स। २०७७ साल भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो ।

साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई नजिकैबाट कन्चटमा गोली हानेर हत्या गरिएको थियो । गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। पछि प्रहरी अनुसन्धानबाट उनको हत्या लेनदेन विवादका कारण भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]