१५ साउन, काठमाडौं । सावित्री भण्डारीको ह्याट्रिकको मदतमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उपराष्ट्रपति महिला लिग फुटबलको उपाधि जितेको छ ।

मंगलबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३-१ ले हराएको हो । उसले उपाधिसँगै २ लाख जितेको छ भने आर्मीले एक लाख पाएको छ । खेलको ४१ औं सावित्रीले गोल गर्दै पहिलो हाफमा एपीएफलाई अग्रता दिलाइन् । दोस्रो हाफको सुरुमा नै आर्मीकी पुनम जर्गा मगरले बराबरी गोल फर्काइन् ।

तर, ५४ औं मिनेटमा दोस्रो गोल गरेकी सावित्रीले ८२ औं मिनेटमा हृयाटि्रक पुरा गरिन् । सावित्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ पाएकी छन् ।

तपाईको प्रतिक्रिया